Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

श्रेयको भोक त्यागेर शान्ति प्रक्रिया सफल पार्नतिर लागौं : प्रधानमन्त्री

श्रेयको भोक त्यागेर शान्ति प्रक्रिया सफल पार्नतिर लागौं : प्रधानमन्त्री

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन आह्वान गरेका छन् ।

आफूलाई श्रेयको भोक नभएको भन्दै उनले पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताए ।

संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं । कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिउँ ।’

नेपालमा अब शान्ति हुनेछ भन्ने ग्यारेन्टी गर्न पनि आह्वान गरेका उनले अगाडि भने–‘म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन । सफल पारौं यसलाई ।’

[insert page='337866' display='yopanipadhnuhos.php']

प्रधानमन्त्री ओलीले थप भने–‘पीडितका घाउमा मलम लगाउन उहाँहरुका आँसु पुछौं र नेपाली जनतालाई निश्चिन्त बनाऔं, अब नेपालमा शान्ति हुनेछ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएको भन्दै अब काम अगाडि बढ्ने बताएका उनले विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै त्यसमा दुःख व्यक्त गरे ।

आयोगहरु सफल नहुनु दुर्भाग्य भएको बताउँदै उनले भने–‘यसपल्ट आयोग जुन निर्मित हुनेछन् सफल हुनेछन् मैले विश्वास लिएको छु । दुईदुईवटा छनोट समिति बनायौं सफल भएनन् । किन सफल भएनन् बेग्लै कुरा होला । तर हामी आफैंले बनाएका छनोट समितिलाई असफल बन्न दिनु हुँदैन ।’

[insert page='337868' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077