Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित, २ बजे बोलाइयो

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित, २ बजे बोलाइयो

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।

त्यसबारे सभामुख देवराज घिमिरेले विपक्षी दलहरूसँग परामर्श गरेका छन् । यद्यपि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

उता, राष्ट्रिय सभा बैठकमा पनि आजै एक घण्टापछि बस्नेगरी बैठक स्थगित भएको छ । घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै प्रतिपक्षी दलहरूले बैठकमा अवरोध गरेपछि बैठक सरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077