Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

दुर्गा प्रसाईंको गाडी तोडफोड, तीनकुने बन्यो तनावग्रस्त

दुर्गा प्रसाईंको गाडी तोडफोड, तीनकुने बन्यो तनावग्रस्त

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंको गाडी तोडफोड भएको छ ।

राजावादीहरू प्रदर्शन गरिरहेको स्थान तीनकुनेमा मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंको गाडी तोडफोड गरिएको हो ।

प्रसाईंको बागमती प्रदेश ०२७ च ३६४७ नम्बरको गाडी तोडफोड भएको हो ।

राजावादीहरुको समूह बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडपको स्थिति बनेको हो । दुर्गा प्रसाईंको पछुवा गाडी बानेश्वरतर्फ अघि बढेपछि तनाव सिर्जना भएको हो।

गाडीभरि प्रदर्शनकारी बसेका थिए। उनीहरूले प्रहरीलाई ढुंगा हान्दै अगाडि बढाएको गाडीले प्रहरीको घेरा तोडेर बानेश्वरतर्फ अघि बढेको थियो। त्यसपछि प्रहरीले अश्रुग्यास, लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077