काठमाडौं । राजावादीहरूले आयोजना गरेको कार्यक्रम भाँडिएपछि रवीन्द्र मिश्र तीनकुनेबाट भागेका छन् ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीले शुक्रबार दिउँसो काठमाडौंको तीनकुनेमा सभा आयोजना गरेका थिए ।
कार्यक्रम सभा नहुँदै तितरबितर भएपछि मिश्र तीनकुनेबाट भागेका हुन् ।
राजसंस्था फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाई तीनकुने आएलगत्तै तनावको स्थिति सृजना भएको थियो ।
झडप शुरू भएर सभा विथोलिएपछि पूर्वराजावादी नेताहरू भागेका हुन् ।