काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिवसमेत रहेका मिश्रले यस्तो बताएका हुन् ।
उनले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरे ।
‘हेरौंला कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउनेछन्’, मिश्रले लेखेका छन् । यसअघि राजावादीहरूले आयोजना गरेको कार्यक्रम भाँडिएपछि रवीन्द्र मिश्र तीनकुनेबाट भागेका थिए ।