काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा लागेको आगो नियन्त्रणमा आएको छ ।
राजावादीको अराजक समूहले शुक्रबार कम्पनीमा आगजनी गरेका थिए ।
आगलागीबाट कम्पनीको मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्ण रूपमा जलेको हो ।
दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका सुरुमा आधा दर्जन गाडी आगजनी गरेका थिए ।