काठमाडौं । सन् २०२५ को पहिलो सूर्यग्रहण आज लाग्दै छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यो खण्डग्रास सूर्यग्रहण हो । यो सूर्यग्रहण नेपालमा भने लाग्ने छैन ।
नेपाली समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण साँझ ६ बजेर २८ मिनेटमा सकिनेछ ।
भारतबाट पनि यो सूर्यग्रहण नदेखिने बताइएको छ । युरोप, नर्थ एसियामा रसियाका केही स्थान, नर्थ अफ्रिका, वेष्ट अफ्रिका र उत्तरी अमेरिकाका केही देशबाट भने देख्न सकिनेछ ।
क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट देख्न सकिनेछ ।