Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । चारदलीय समाजवादी मोर्चाको बैठक आलोकनगरमा बसिरहेको छ ।

मोर्चासम्बद्ध दल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल चलिरहेको छ।

अहिले चैत १५ गतेको राजावादी आन्दोलनबारे प्रमुख नेताहरूले ब्रिफिङ गरिरहेका छन् ।

तीनकुने केन्द्र बनाएर प्रदर्शित राजावादीहरूले घर तथा गाडी जलाएका छन् भने एकीकृत समाजवादीको कार्यालयमा समेत तोडफोड गरेका छन् ।

शुक्रबार समाजवादी मोर्चाले पनि भृकुटीमण्डपमा गणतन्त्रका पक्षमा प्रदर्शन र सभा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077