Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई

हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई

शनिवार , चैत्र १५, २०८१

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताएका छन् । उनले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने पनि बताएका छन् ।

शनिबार (चैत १६) बनेपामा आयोजित अखिल नेपाल किसान महासंघ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको सातौँ अधिवेशनमा उनले आन्दोलनका नाममा गरिएका हिंस्रक गतिविधिको निन्दा गर्दै सरकारले दोषीलाई कारबाही गर्ने बताएका हुन् ।

उनले आन्दोलनका नाममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने जोसुकैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा जोड दिए । हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई नभएको उनले बताए ।

एमाले पोलिटब्युरो सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र फर्कने कोरा कल्पना नगर्न सुझाव दिए ।

देशका प्रमुख राजनीतिक दल र नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले यो व्यवस्थालाई सुदृढ बनाउनेतर्फ लाग्न सबैलाई उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077