Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष

तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने कांग्रेसको निष्कर्ष

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा भएको हिंस्रक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले घटनाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक सविन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

बैठकले कांग्रेसको अगुवाइमा गणतन्त्रवादी सबै दलसँग एकपटक छलफल गर्ने निर्णय समेत गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा ब्रिफिङ गरेका थिए। गृहमन्त्री लेखकले प्रहरीले राजावादीको सभास्थल ताकेर कुनै गोली वा टियर ग्यास प्रहार नगरेको बताका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077