Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्न राप्रपाको माग

तीनकुने घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गर्न राप्रपाको माग

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंको तीनकुने घटनामा ज्यान गुमाएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।

शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले शुक्रबार राजावादीको आन्दोलनमा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न माग गरेको हो ।

यस्तै, राप्रपाले घटनाको निष्पक्ष छानबिनका लागि नागरिक छानबिन आयोग गठन र उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

साथै शुक्रबारको जनप्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा प्रधानमन्त्रीले नै हिंसा भड्काउन हौसला दिएको राप्रपा आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077