Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राजावादीहरू पानीमूनिको ओभानो बन्न खोजिरहेका छन् : शंकर पोखरेल

राजावादीहरू पानीमूनिको ओभानो बन्न खोजिरहेका छन् : शंकर पोखरेल

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौंमा हिंसा मच्चाउने राजावादीहरू पानीमूनिको ओभानो बन्न खोजिरहेका टिप्पणी गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् टिप्पणी सार्वजनिक गर्दै महासचिव पोखरेलले उक्त टिप्पणी गरेका हुन् ।

बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना कार्यान्वयन गर्न ‘जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईंद्वारा परिचालित व्यक्तिले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर राजावादीहरू पानीमूनिको ओभानो बन्न खोजेका पोखरेलको टिप्पणी छ ।

तर, खुला समाजमा सबै कुरा छर्लङ्ग रहेको उनले बताए ।

पोखरेलले भनेका छन् ,‘वंग्लादेशको मोडेलमा सत्तापलट गर्ने पूर्व राजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न 'जनकमाणडर' तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानीमुनीको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ । राजावादी र पूर्व पंचहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई वोकाएर उम्कन खोजेको भए थोरैभएपनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको 'थ्रेट'का सामु उनीहरु निरही देखिए र भन्न थाले 'प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले' । आखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पंचहरुको नियती ।’

महासचिव पोखरेलले राजावादी र पूर्वपञ्चहरूले यो सबै अपराधको भारी दुर्गा प्रसाईं र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भएपनि नेपाली जनताले विश्वास गर्थे होला भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077