Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

आज पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी

आज पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज पत्रकार सम्मेलन गर्दैछ ।

पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा गर्न लागिएको हो ।

एकीकृत समाजवादीले हिजो सम्पन्न पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका क्रममा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077