काठमाडौं । सभामुख देवराज घिमिरे संसद् बैठकअघि प्रमुख सतेतकहरुसँग छलफल गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको सभामुखको च्याम्बरमा छलफल भएको हो ।
सदन सञ्चालनका विषयमा प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्रीको धारणा माग गर्दै विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले अवरोध गरेका थिए । यस विषयमा छलफल गरेर सदन सुचारु गर्नेबारेमा छलफल भइरहेको बताइएको छ ।
छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका प्रमुख सचेतक सहभागी छन् ।