Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । आज साँझ बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूलाई बोलाइएको छ ।

शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपल्टै एकै ठाउँमा बस्न लागेका हुन् । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी राजावादीहरूले हिंसात्मक आन्दोलन गरेका थिए ।

यस्तै प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले राखेका मागका विषयमा सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077