Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा राजावादी दललाई ‘निषेध’

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा राजावादी दललाई ‘निषेध’

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ डाकेको सर्वदीलय बैठकमा राजावादी दललाई ‘निषेध’ गरिएको छ ।

प्रधानमन्त्री ओलीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको मात्रै सर्वदलीय बैठक आइतबार साँझ ७ बजे सिंहदरबारमा बस्न लागेको हो ।

उक्त बैठकमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी नगराइने भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरू सहभागी हुनेछन् ।

शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपल्टै एकै ठाउँमा बस्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077