काठमाडौं । आज बिहान ११ः१५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सरेको छ ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपरान्ह १ः१५ बजे बस्नेगरी बैठकको समय तोकेका हुन् ।
बैठकको समय परिवर्तनसम्बन्धी सूचना निकालेर सचिवालयले राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरिएको उल्लेख गरेको छ ।