Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

मलाई गोली हान्न प्रधानमन्त्रीको आदेश छ, म भागेको छैन : दुर्गा प्रसाई

मलाई गोली हान्न प्रधानमन्त्रीको आदेश छ, म भागेको छैन : दुर्गा प्रसाई

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । राजतन्त्रको पक्षमा शुक्रबार भएको आन्दोलनमा बितन्डा मच्चाएर फरार भएका दुर्गा प्रसाईले आफूलाई मार्ने योजना रहेको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै उनले सरकारले चैत १५ गते आफूलाई मार्ने योजना बनाएको खुलासा गरेका हुन् ।

संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ समेत रहेका प्रसाईंले आफू नभागेको पनि बताए । 'मेरो कानबाटै गोली गएपछि सुरक्षा ब्यारिकेट तोड्न बाध्य भएँ', उनले भनेका छन् ।

उनले प्रधानमन्त्रीले नै मलाई गोली हान्ने आदेश दिएको उनको आरोप छ । उनले भने, 'म भागेको छैन । नेपाल छोडेर भाग्दैन । म भाग्नलाई जन्मेको होइन । म तपाईहरुको अगाडी मर्छु ।'

साथै उनले कम्तिमा पाँच जनाको मृत्यु भएको बताउँदै सरकारले अन्यको विवरण लुकाएको दाबी गरे । उनले आफू काठमाडौंको एक मन्दिरमा रहेको पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077