Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रतिनिधिसभामा सत्ता पक्ष र विपक्षीहरूबीच चर्काचर्की, १५ मिनेटका लागि बैठक स्थगित

प्रतिनिधिसभामा सत्ता पक्ष र विपक्षीहरूबीच चर्काचर्की, १५ मिनेटका लागि बैठक स्थगित

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधपछि बैठक स्थगित भएको हो ।

कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने उनीहरूको अडान छ ।

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरूले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आ-आफ्नो ठाउँबाट उठेका थिए ।

प्रतिनिधि सभा प्रवेशमा समेत कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077