Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गणतन्त्रवादीलाई संसदभित्रै छाती ठोकेर लिङ्देनले दिए यस्तो चुनौती

गणतन्त्रवादीलाई संसदभित्रै छाती ठोकेर लिङ्देनले दिए यस्तो चुनौती

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । संसदमा गणतन्त्रवादी दल र राप्रपाका नेताहरूबीच भनाभन भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठक अवरोधका बीच माओवादी र सत्तापक्षका सांसदहरुले राजावादीहरुलाई थुन्न भनेपछि विवाद भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिए ।

लिङ्देनले भनेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल !’

संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको थियो । संसद्‌मा होहल्ला भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077