Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक, साढे ३ बजे बस्ने

फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक, साढे ३ बजे बस्ने

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ ।

सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ३ बजेका लागि सारिएको हो ।

यसअघि बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँसेर दिउँसो १ः१५ बजेका लागि सारिएको थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रतिपक्षी सांसदहरुले सरकारको जवाफ माग्दै सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077