Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र नै हुन्, कारवाही गर्नुपर्छ : एमाले

तीनकुने घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र नै हुन्, कारवाही गर्नुपर्छ : एमाले

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुन बमोजिम कारवाही गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले यस्तो बताएका हुन् । उनले पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता लिनुपर्ने बताए ।

साथै उनले लगातार सदन अवरुद्ध गर्ने कामले प्रमुख प्रतिपक्षीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताए ।

बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रकाविरुद्ध ढुङ्गा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको उनको भनाइ छ ।

मुलुकमा प्रकट भएका गम्भीर विषयलाई सदनमा गम्भीर रुपमा छलफल गरेर पूर्वराजालाई कारवाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077