काठमाडौं । संयुक्त जनआन्दोलन परिचालन संयोजक तथा राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले आन्दोलनको गन्तव्य नजिक रहेको बताएका छन् ।
आइतबार जिल्ला अदालत परिसरमा उपस्थित नेता, कार्यकर्ता र शुभचिन्तकहरूसँग उनले यस्तो बताएका हुन् ।
'नआत्तिनुस्, गन्तव्य नजिक छ, म ठीक छु, सबैलाई भन्दिनुस्,' उनले भने ।
प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न राणासहित संयुक्त जनआन्दोलन समितिका सदस्यसचिवलगायतलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो ।