Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्ने गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष

पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्ने गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । गणतन्त्र पक्षधर प्रमुख दलहरुले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको गतिविधिमा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा हिजो सिंहदरबारमा भएको गणतन्त्र पक्षधर दलको बैठकमा सबै दलका नेताले पूर्वराजाकै कारण अराजक गतिविधि बढेको निष्कर्ष निकालेका हुन् ।

व्यवस्था र संविधानका विरुद्ध गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

दलहरुका प्रमुख नेताहरुले त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077