Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ईदले मुलुकमा शान्ति, सद्‍भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने सभापति देउवा विश्वास

ईदले मुलुकमा शान्ति, सद्‍भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने सभापति देउवा विश्वास

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्‍भावना बढाउँदै लगेको बताएका छन् ।

ईद–उल–फित्रका अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले यस्तो बताएका हुन् । उनले ईद पर्वले मुलुकमा शान्ति, सद्‍भावव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको र यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व रहेको बताए।

'विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो, यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो,' सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077