Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

त्रिवि क्याम्पस कीर्तिपुरमा आज स्ववियु निर्वाचन हुँदै

त्रिवि क्याम्पस कीर्तिपुरमा आज स्ववियु निर्वाचन हुँदै

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा आज स्ववियु निर्वाचन हुँदैछ ।

त्रिविमा यही चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।

गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि त्रिविमा आज निर्वाचन हुन लागेको हो ।

मतदान अपराह्न ४ बजेसम्म चल्ने छ । त्रिविको स्ववियुमा विभिन्न दलका विद्यार्थी संगठनसँगै स्वतन्त्र उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन्।

एमाले निकट अनेरास्ववियुबाट सिद्धान्त भट्ट, कांग्रेस निकट नेविसंघबाट दीपक जोशी, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट प्रवीन दाहाल अध्यक्षको उम्मेदवार छन्।

पद्मा भुसाल र उज्वल खड्काले पनि स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्रिविमा ६ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077