Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पूर्वराजाले उन्मुक्ति पाउँदैनन्, कारबाही हुन्छ : प्रधानमन्त्री ओली

पूर्वराजाले उन्मुक्ति पाउँदैनन्, कारबाही हुन्छ : प्रधानमन्त्री ओली

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले चैत १५ गते तीनकुनेमा मच्चाइएको उदण्डताको विषयमा पूर्वराजाले उन्मुक्ति नपाउने बताएका हुन् ।

पूर्वराजाले अराजक मान्छेलाई बोलाएर कमान्डर बनाएर हिंसा मच्चाएको प्रधानमन्त्री ओलीको आरोप छ ।

‘आफ्नै निवासमा बोलाएर पूर्वराजाले आपराधिक प्रवृत्तिका व्यक्तिलाई जनकमान्डर तोकेर खटाउनुभयो,’ ओलीले भने, ‘आपराधिक घटनामा पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न । समाजमा वितण्डा मच्चाएको र समाज भड्काएकोमा उहाँ बोल्नुपर्दैन ?’

यस्तै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा राप्रपाले विरोध जनाएको छ । बोल्दै गरेका प्रधानमन्त्रीलाई रोक्ने प्रयास गरेर राप्रपाले संसदमा गैह्रराजनीतिक चरित्र प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077