Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पूर्वराजालाई जनमत नभड्काउन प्रधानमन्त्री ओलीको चेतावनी

पूर्वराजालाई जनमत नभड्काउन प्रधानमन्त्री ओलीको चेतावनी

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनमत नभड्काउन चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले पूर्वराजा शाहले गरेको श्रृङखलाबद्ध गरेको कामको उल्लेख गर्दै संविधानको उलंङ्घन गरेको बताए ।

उनले चैत १५ गते समाजवादी मोर्चा र तीनकुनेमा कार्यक्रम भएको बताए। ‘कथित जनकमाण्डर तोकेर पूर्वराजाले हिंसा भड्काउने काम गर्नुभएको छ। पूर्वराजासँग भएको सहमति शाहले उलंघन गर्नुभएको छ,’ उनले भने ।

तीनकुने घटनामा संलग्नहरुमाथि जोसुकैलाई प्रशासनिक कारबाही गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए । उनले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन नगर्न चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077