काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयलाई सामान्य र स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताए ।
'सामान्यतया कुनै कर्मचारीबाट विभागीय मन्त्रीले काम गर्दा सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो', उनले भने ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्ष सांसदले जवाफ माग गरेका थिए । केही दिनदेखि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहितका दलहरुले संसद अवरोध गर्दै आएका थिए ।