Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रधानमन्त्रीको ‘कथित’ शब्द रेकर्डबाट हटाउन राप्रपाको माग

प्रधानमन्त्रीको ‘कथित’ शब्द रेकर्डबाट हटाउन राप्रपाको माग

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कथित’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

प्रमुख सचेतक शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा प्रधानमन्त्रीले सम्बोधनमा क्रममा ‘कथित’ भनेको भन्दै उनले यसमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका हुन् ।

'प्रधानमन्त्रीले होच्याउने काम गर्नुभयो। प्रधानमन्त्रीको भनाइ रेकर्डबाट हटाइयोस्। प्रधानमन्त्रीले फागुन २५ गतेको स्वागत कथित भन्नुभयो। सो रेकर्डबाट हटाइयोस्।'

सो अवसरमा प्रमुख सचेतक शाहीले तीनकुनेमा सर्वसाधारण नागरिकलाई गोली हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कारबाही गर्न पनि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077