Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चैत्र १९ गते मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077