Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सिंहदरबार पुगेर रबिले भने –पर्साको मुद्दालाई सरकारले हतियार बनाएको छ

सिंहदरबार पुगेर रबिले भने –पर्साको मुद्दालाई सरकारले हतियार बनाएको छ

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीसम्बन्धी पर्साको मुद्दालाई सरकारले हतियार बनाएको आरोप लगाएका छन् ।

आज सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले पर्साको मुद्दा विलम्ब गरिएको भन्दै असन्तुष्टि जनाए ।

लामिछानेले भने–‘सरकारले हतियार बनाएर राखेर पर्साको मुद्दा चाहिं झुण्ड्याइराख्या छ । मान्छे लगाएर हालिएको मुद्दा हामीलाई थाहा छैन र १ हकदैया छैन, हदम्याद छैन । सबै थाहा छ । सब जगजाहेर छ ।’

लामिछानेविरुद्ध पर्सा जिल्लामा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा छ । यससम्बन्धी अनुसन्धान लम्ब्याइएको आरोप लब्याएर दुःख दिइरहने हतियार बनाउन खोजेको लामिछानेको आरोप छ ।

कास्की, काठमाडौं, रूपन्देही र चितवन गरी चारवटा जिल्लामा सहकारीसम्बन्धी मुद्दा दर्ता भएर पनि लामिछाने चारैतिर धरौटीमा रिहा भइसकेका छन् ।

तर, वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दा भने अगाडि बढ्न सकेको छैन । यो विषयमा जिल्ला अदालत पर्सामा दुई पटक मुद्दा दर्ता भइसकेको छ । तर, अगाडि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077