Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सांसद पद फुकुवा गर्न रबिको आग्रह, सभामुख भन्छन्–कानून अनुसार नै गरेको हुँ

सांसद पद फुकुवा गर्न रबिको आग्रह, सभामुख भन्छन्–कानून अनुसार नै गरेको हुँ

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पद फुकुवा गर्न अनुरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबारस्थित कार्यकक्षमा पुगेका लामिछानेले आफूमाथि सरकारले प्रतिशोध साँधेको भन्दै सभामुखसंग सांसद पद फुकुवा गर्न अनुरोध गरेका हुन ।

लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।

गत कात्तिक २ गते पक्राउ परेका सभापति लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो ।

सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो ।
जवाफमा सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन कानुन अनुसार भएको बताए ।

उनले भने–‘कानुन भन्दा माथि कोही पनि छैन । मैले कानुन अनुसार नै गरेको छु जे गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077