Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप १८ जना पक्राउ

तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप १८ जना पक्राउ

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । तीनकुने घटनामा संलग्न राजाबादी समुहका थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरू राजावादी समूहको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ ।

प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई भने म्याद थप गरेर अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077