Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रहरीको फरार सूचीमा रहेकी राप्रपाकी सांसद बस्नेतको बिदा संसद्‌बाट स्वीकृत

प्रहरीको फरार सूचीमा रहेकी राप्रपाकी सांसद बस्नेतको बिदा संसद्‌बाट स्वीकृत

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । नेपाल प्रहरीको फरार सूचीमा रहेकी प्रतिनिधिसभा सदस्य गिता बस्नेतको बिदालाई मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

संघीय संसद्को हिउँदे अधिवेशनमा भएका २७ वटै बैठकमा अनुपस्थित सांसद बस्नेतको बिदालाई मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो । संसद् सचिवालयका अनुसार बस्नेत २०८१ माघ १८ गतेदेखि मंगलबारसम्म बसेका २७ वटै बैठकमा अनुपस्थित रहेकी हुन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रस्तुत गरे अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बस्नेत निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहिन् । उनी उपचारमा रहेका कारणले उपस्थित हुन नसकेको भनेर संसद् सचिवालयलाई सूचना दिएकी थिइन् । यही विवरण सभामुखले सभामा प्रस्तुत गरे ।

तर, सहकारी ठगीको अनुसन्धानमा रहेकी बस्नेत फरार विरामीको बहानामा फरार भएकी हुन् । प्रहरीको फरार सूचीमा रहेकी र कुनै पनि बैठकमा उपस्थित नजनाएकी बस्नेतले सांसदको रुपमा प्राप्त गर्ने तलबभत्ता र सेवासुविधा भने लिइरहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077