Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

निर्दोष नागरिकमाथि गोली हान्न पाइँदैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र शाही

निर्दोष नागरिकमाथि गोली हान्न पाइँदैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र शाही

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले चैत १५ गते तीनकुनेमा निर्दोष नागरिकमाथि गोली चलाउने र हत्या गर्ने कार्यमा संलग्न उनीहरुलाई पक्राउ गर्नुपर्ने माग गरेका हुन् ।

सांसद शाहीले सरकारले सत्ता र शक्तिको आडमा आन्दोलनमा सहभागी नभएका सर्वसाधारण नागरिकमाथि दमन गरेको आरोप लगाए ।

उनले भने, 'सत्ता र शक्ति छ भन्दैमा बाटोमा हिँडेका, घरबाट निस्केका निर्दोष नागरिकमाथि गोली हान्दै हिँड्न पाइँदैन ।' गत चैत १५ गते राजावादीको हिंसात्मक आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो भने केही व्यक्तिहरु घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077