सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ ।
सोमबार भएको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवार जगतजंग शाहीलाई पराजित गर्दै विवेक खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
खड्काले १ हजार १ सय ८७ मत प्राप्त गर्दा शाहीले ९ सय ७ मत पाए ।
सचिव पदमा भुपेन्द्र आचार्य, कोषाध्यक्षमा लोक प्रसाद रिजाल विजयी भए ।
सदस्यमा गणेश थापा, निसान्त शाही, प्रकाश सिंह, प्रतीक्षा थापा, विकास कुमार थापा, विष्णुराज सिंह र शिवराज ढकाल निर्वाचित भए ।