काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर दिइएको छ ।
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककमा बुधबार बिहान गार्ड अफ अनर दिइएको हो।
समारोहमा थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात र मन्त्रीहरूसहित उच्च अधिकारीले स्वागत गर्नुका साथै गार्ड अफ अनर निरीक्षण गरेका थिए।
नेपाल–थाइल्याण्ड कूटनीतिक सम्बन्धको ६५ वर्षको इतिहासमा पहिलोपटक नेपाली प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गरेका छन्।
आजै प्रधानमन्त्री ओली र थाइ समकक्षी शिनावातबीच भेटवार्ता हुँदैछ।