काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने पक्का भएको छ ।
प्रधानमन्त्री भएको नौं महिना हुनै लाग्दासमेत भारतको औपचारिक भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री ओलीले अन्ततः थाइल्यान्डमा प्रधानमन्त्री मोदीसँग साइडलाइन भेटवार्ता गर्ने पक्का भएको हो ।
प्रधानमन्त्री ओली मंगलबार नै थाइल्यान्ड गएका छन् ।
भारतका प्रधानमन्त्री मोदी भने बिहीबारमात्रै बैंकक पुग्नेछन् । दुई प्रधानमन्त्रीबीच शुक्रबार अपराह्न चार बजे भेटवार्ता हुने बताइएको छ ।