Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने घटनाबारे छलफल गर्न राज्यव्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

तीनकुने घटनाबारे छलफल गर्न राज्यव्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ।

तीनकुने घटनाको विषयमा स्पष्ट पार्नका लागि समितिले २२ चैत बिहान ११ बजेको बैठकमा बोलाएको हो ।

आज बसेको बैठकमा सांसदहरूले गृहमन्त्री बोलाउन माग गरेका थिए । सभापति रामहरि खतिवडाले आगामी बैठकमा तीनकुने घटनाबारे छलफल गर्न गृहमन्त्री बोलाइएको बताए ।

चैत १५ गते भएको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने प्रदर्शनकारीले तोडफोड र आगजनी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077