काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजा महा वजिरालोङ्कोर्नसँग भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्रीको भ्रमण तालिका अनुसार ओलीले थाइ समयअनुसार आज साँझ ७ बजे थाइराजा वजिरालोङ्कोर्न तथा रानीसँग भेटवार्ता गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओली भेटका लागि अपराह्न ४ बजेर ४० मिनेटमा अम्फोर्न राजदरबारमा पुग्ने छन् । थाइ राजा–रानीले भेटका लागि प्रवेशद्वारमा आएर प्रधानमन्त्री ओली तथा पत्नी राधिका शाक्यलाई स्वागत गर्ने कार्यक्रम छ ।
त्यसपछि थाइ राजारानी र नेपालका प्रधानमन्त्री दम्पत्तिबीच छोटो कुराकानी हुनेछ भने साँझ ७ बजे औपचारिक भेटको कार्यक्रम छ ।