काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा भाँडभैलो, उत्पात मच्चाएर शासन–सत्ता हत्याउन चाहेको बताएका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित रुपन्देही क्षेत्र नम्बर ५ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
काठमाडौंको तीनकुनेमा १५ चैतमा देखिएको घटनाले पूर्वराजाको नियत स्पष्ट पारेको बताए ।
‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाएर, भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहनुहुन्छ । तर उहाँको चाहना पूरा हुँदैन’ उनले भने ।