काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले हाजिर गरे लगत्तै बैठक सुरु भएको छ ।
उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा अहिले बैठक बसिरहेको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकतगुरागाईंलाई महानगर प्रहरीले प्रबेशमा रोक लगाएको भएपनि प्रहरी घेरा तोडेर उनी कार्यालय प्रबेश गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन महानगरका प्रवक्ता समेत रहेका वडाअध्यक्ष नवीन मानन्धर, अर्का वडाअध्यक्ष कक्षपति र काठमाडौं २२ का वडाअध्यक्ष चिनिकाजी महर्जनसहितका जनप्रतिनिधि कमलादीस्थित कार्यालयमा पुगिसकेका छन ।
महानगरपालिकाले आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै जिम्मेवारीबाट हटाएका गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फर्किएका हुन्।