Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बालेनलाई सक्काउन सरकार नै लागि परेको आरोप लगाउँदै रास्वपा नेतृ संग्रौलाले भनिन्–डन्ट वरी हामी छौं

बालेनलाई सक्काउन सरकार नै लागि परेको आरोप लगाउँदै रास्वपा नेतृ संग्रौलाले भनिन्–डन्ट वरी हामी छौं

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टी सभापति रवि लामिछानेपछि काठमाडौं महानगरका मेयर बालेन शाहलाई सक्काउन सरकार लागिपरेको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै नेतृ संग्रौलाले यस्तो आरोप लगाएकी हुन्। उनले रविलाई यो सरकारले बिनाकारण दुःख दिँदा बालेन एक शब्द नबोलेको बताउँदै रवि बालेनका लागि बोल्ने उल्लेख गरिन्।

उनले बालेनलाई अप्ठेरो पर्दा आफूहरू बोल्ने भन्दै भनिन्,‘डन्ट वरी हामी छौँ।’

उनले लेखेकी छन‍्–‘यो भ्रष्ट सरकार रविपछि बालेनलाई सक्काउन लागिपरेको छ १ रविलाई यो सरकारले बिनाकारण यत्रो दुस्ख दिँदा बालेन एक शब्द बोलेनौ, तर रवि तिम्रो लागि बोल्ने छन्, तिमीलाई अप्ठेरो पर्दा बोल्ने छन्। हामी बोल्नेछौँ १ हामी छौं १ डन्ट वरी।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077