काठमाडौं । राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले बिहीबार सिंहदरबारमा कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त घटनाको छानविन गर्नुपर्ने भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको हो ।
गृहमन्त्रीको राजीनामा र चैत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने राप्रपाको माग छ।
त्यस्तै मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने, राप्रपा नेताहरू रबीन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य बन्दीहरूको रिहाई गर्नुपर्ने तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने राप्रपाको माग छ।
साथै उक्त घटनाको छानविनका लागि सर्वोच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा मानव अधिकार आयोग र नागरिक समाज सम्मिलित स्वतन्त्र छानविन आयोग गठन गरिनुपर्ने राप्रपाको माग छ।
चैत्र १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो । दुई जनाको मृत्यु हुनुका साथै निजी तथा व्यवसायी भवन, सञ्चारगृहमा तोडफोड, आजगनी तथा लुटपाट भएको थियो ।
