Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बालेन–गुरागाईं द्वन्द्वः नयाँ कापीमा हाजिर गरेर मन्त्रालय हिँडे गुरागाईं

बालेन–गुरागाईं द्वन्द्वः नयाँ कापीमा हाजिर गरेर मन्त्रालय हिँडे गुरागाईं

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । काठमाडौं महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरी कापी नै मेयर बालेन साहको सचिवालयमा भएपछि उनले हाजिरी कापी नै नयाँ बनाएर हाजिर गरेका छन्।

बिहीबार महानगरपालिकाका कर्मचारीहरूले कार्यकक्षको ताला फोरेर गुरागाईंलाईं कार्यकक्षमा प्रवेश गराएका थिए। तर हाजिरी कापी नै मेयरको सचिवालयमा भएपछि उनले हाजिरी गर्न पाएका थिएनन्।

महानगरका एक कर्मचारीका अनुसार उनले नयाँ हाजिरी कपी बनाएर हाजिरी गरेका हुन्। महानगरमा हाजिर गरेर उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फ लागेका छन्।

मन्त्रालयको बैठकमा सहभागी हुन आफू त्यहाँ जान लागेको उनले छोटो प्रतिकृया दिएका छन् ।

महानगरपालिकाले आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै गुरागाईंलाई १०४ दिन अघि जिम्मेवारीबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077