Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

श्रीलंकाका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

श्रीलंकाका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका उनीहरूबीच आज भेटवार्ता भएको हो ।

थाइल्यान्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन पुगेका थिए ।

भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको उनको सचिवालयले बताएको छ ।

भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077