काठमाडौं । गृहमन्त्री रमेश लेखकले एमाले–कांग्रेसको सरकारमा कुनै पनि समस्या नभएको बताएका छन् ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि उनले यस्तो बताएका हुन् ।
उनले सरकार र दल दुबैतिर समस्या नभएको बताए । 'हाम्रा बीचमा कुनै समस्या छैन। सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ। यस्तो कुनै समस्या छैन,' उनले भने ।
उनले सरकार कमजोरीबाट सिक्दै अगाडि बढ्ने पनि बताए । संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित रमेश लेखक, आरजु देउवा तथा एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल , शंकर पोखरल र विष्णु रिमाल सहभागी थिए ।