Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पञ्चायतमा जेलनेल भाग्नु पर्‍यो, गणतन्त्रले नेपाल संवतलाई राष्ट्रिय मान्यता दियो : प्रचण्ड

पञ्चायतमा जेलनेल भाग्नु पर्‍यो, गणतन्त्रले नेपाल संवतलाई राष्ट्रिय मान्यता दियो : प्रचण्ड

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिगामी षड्यन्त्रकाबिरुद्ध चुनौति दिनुपर्ने बताएका छन् ।

शनिवार माओवादी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको प्रतिगमन, बेथिति र भ्रष्ट्राचारविरुद्ध खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चुनौती दिएका हुन् ।

उनले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुस्साहस भएको बताउँदै त्यो सफल नहुने बताए ।

साथै उनले नेवाः संस्कृतिका अभियन्तालाई पञ्चायतमा भोगेको यातनाको सम्मानमा आफूले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएको दाबी गरे ।

‘मैले नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरेको थिएँ। त्यसको निम्ति उहाँहरूले धेरै जेल, नेल, सङ्घर्ष र यातना पञ्चायत कालमा धेरै भोग्नुभएको थियो,’ दाहालले भने, ‘नेपाल संवतको बारेमा र नेपाल भाषाको बारेमा उहाँहरूले लडेको लडाइँको सम्मानमा नयाँ सरकारले, गणतन्त्रको सरकारले सम्मानमा गर्नै पर्छ भनेर मैले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेँ।’

आफू प्रधानमन्त्री हुँदा नेपाल भाषालाई सरकारी दस्ताबेजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय लिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077