Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

ओलीसँगको टेलिफोन वार्तामा मोदीले भने– अपराधीलाई कठघरामा उभ्याउँछौं

ओलीसँगको टेलिफोन वार्तामा मोदीले भने– अपराधीलाई कठघरामा उभ्याउँछौं

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन्–‘उक्त आतंकवादविरुद्धको लडाइामा भारत र नेपाल एकसाथ उभिएका छन् । प्रधानमन्त्री मोदीले एक युवा नेपाली नागरिकको मृत्यु भएकोप्रति समवेदना व्यक्त गर्नुभएको छ ।’ प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको उल्लेख गरेका छन् । ‘मैले आतंकवादी हमलमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा छ भनेको छु’, उनले भने–‘साथै, नेपाली नागरिकको मृत्युमा समवेदना प्रकट गरेकोप्रति धन्यवाद समेत दिएको छु ।’ मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या ज्यान गएको थियो । सो आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको समेत मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077